चिन्ताजनक बिरामीलाई नयाँ जिवन दिँदै दमकको एड्भान्स अस्पताल

0
605

साउन २२/
दमक क्षेत्रका जटिल प्रकारका बिरमीहरुले उपचारको लागी बिराटनगर अथवा धराउनु पर्ने बाध्यता अब हट्दै जान थालेको छ । दमकको एड्भान्स अस्पतालको दक्ष चिकित्सक र अत्याधुनिक प्रबिधिका कारण यहाँ उपचार गराउन आउने बिरामीले अन्यत्र धाउनु पर्ने बाध्यता हट्न थालेको हो । चिन्ताजनक अवस्थाका बिरामीहरुको समेत सफल उपचार गरी नागरिकको मन जित्दै आएको एड्भान्स अस्पतालले पछिल्लो पटक अर्का एक सिकिस्त बिरामीको उपचार गरि जिवन दान दिएको छ ।
आज भन्दा १६ दिन अघि ताप्लेजुुङको ढुंगेसाँघु घर भयी बिगत तिन बर्ष देखी दमक बस्दै आउनु भएका पासाङ दावा सेर्पालाई चिन्ताजनक अवस्थामा अस्पताल ल्याईएकोमा अहिले उहाँ निको भएर आज अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । दमक ५ दिपिनी स्कुल छेउ डेरा गरी बस्ने सेर्पालाई अपरिचित समुहले कुटपिट गरी बिष समेत सेवन गराई छाडेको अवस्थामा घरबेटीले बेहोस अवस्थामा भेटेर उपचारको लागी दमक अस्पताल लिएर जानु भएको थियो । त्यहाँका चिकित्सकले बिरामीको अवस्था जटिल बनेको भन्दै धरान अथाव बिराटनगर लैजान सल्लाह दिएर रेफर गरेपछि घरबेटी चन्द्र श्रेष्ठले बिराटनगर लैजानको लागी रकम लगायतको व्यवस्थापन गरुन्जेल राख्ने भन्दै तत्काल एड्भान्स अस्पताल लिएर जानु भयो । त्यहाँका चिकित्सकले बिरामी चिन्ताजनक अवस्थामा रहेको भन्दै तत्काल भेन्टिलेटरमा राखेर उपचार सुरु गरे ।
बिरामी अन्यत्र लैजान नपर्ने यहिँ उपचार सम्भव भएको भन्दै डाक्टर रबिनरत्न रञ्जितकार नेतृत्वको टिमले बिरामीको उपचार सुरु गरेको भोली पल्टै देखी सुधारको लक्षण देखिने थालेको थियो । छाति र पेटमा गम्भिर चोट लागेका बिरमी पासाङको उपचार सुरु गरेको १० दिन पछि मात्रै होस आएको थियो । डाक्टर रञ्जितकार सहित डाक्टर निमा शेर्पा र डाक्टर बिकाश सुवेदी को टिमले हरेक पक्षबाट उपचारको छलफल गर्दै बिरामी भर्ना भएको १६औं दिनमा पुर्ण रुपमा स्वास्थ बनाएर आज डिस्चार्ज गरेका छन् ।
पहिला उपचारको लागी लिएर आउँदा बाँच्ने आशानै नराखिएको बिरामी पुर्ण स्वस्थ हुँदा आपैंmलाई आश्चर्य लागेको पासाङका घरबेटी श्रेष्ठले बताउनु भयो । बिरामी पासाङले पनि आफुलाई ६ दिन अघि मात्रै होस आएको र अहिले पुर्ण रुपमा स्वस्थ भएको भन्दै एड्भान्स अस्पतालका कारण नयाँ जिवन पाएको बताउनु भयो ।
पासाङको उपचार गर्नु आफुहरुको लागी चुनौती पुर्ण रहे पनि टिममा रहेर काम गर्दा सफलता पाईएको चिकित्सक टिमको नेतृत्व गर्नु भएका डाक्टर रबिनरत्न रञ्जितकारले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here