अध्यक्षबाट राजिना दिन प्रचण्डलाई गगन पुरीको सुझाव : रणनितिक कि आत्मसर्मणबादी ?

0
526

साउन २०/
सत्तारुढ नेकपाको केन्द्रिय नेतृत्वको बिबादमा स्थानिय र क्षेत्रीय नेताहरु पनि सहभागी हुन थालेका छन् । केपि ओलीले पार्टि अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजिनामा दिनुपर्ने अर्का अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल पक्षको माग र दुवै पदबाट राजिना नदिने प्रधानमन्त्रीको अडानका विच रुमल्लिरहेको पार्टि बिबादमा पुर्व माओवादी पक्षका एक नेताले अब पार्टि अध्यक्षबाट पुष्पकमल दाहालले राजिनामा दिनुपर्ने माग राखेपछि बिबादमा नयाँ ट्विष्ट आएको छ । दाहाल पक्षिय नेता भनेर चिनिएका हरिबोल गजुरेलले हिँजो साँझ बिबिसि नेपाली सेवालाई दिएको अन्तर्वाताका क्रममा अहिलेको जटिलताको निकासका लागी दाहालाई अध्यक्षबाट राजिनामा दिन आफुले सुझाव दिएको बताउनु भएको थियो ।
गजुरेलले कुन तर्क बाट दाहालले राजिना दिनुपर्ने बताउनु भएको प्रष्ट नभए पनि पुर्व माओवादी केन्द्रकै दमकका युवा नेता गगन पुरीले पनि आफ्नो फेसबुक पेजमा सोहि आसयको धारणा पोष्ट गर्नु भएको छ । पुरीको पोष्टमा भने अध्यक्ष दाहालले राजिनामा दिएर ओलीलाई पार्टि जिम्मा लगाउने भन्दा पनि दाहालले राजिनामा दिए पछि आउने समस्याको निकाश ओलीले दिनुपर्ने अवस्था आउने तर्पm संकेत गरेको बुझ्न सकिन्छ । पुरीले दाहाललाई अध्यक्षबाट राजिनामा दिन आग्रह गर्दै बाँकी कुराको पैmसला निकट भविस्यले गरिहाल्छ भनि लेख्नु भएको छ । यसले अध्यक्ष दाहाल पद लोलुप जस्तो पनि नदेखिने र आउने संकटको समाधान ओलीलेनै गर्नु पर्ने आसय रहेको बुझ्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here