दमक ५ का ६ जना सामाजिक अगुवाले हाम्रो बाल आश्रमका बालबालीकाको स्वास्थ्य बिमा गरिदिए

0
515

साउन २०/
दमक वडा नम्बर ५ का ६ जना सामाजिक अगुवाहरुले दमकको बाल आश्रममा आश्रीत बालबालीका साथै आश्रमकका कर्मचारीको स्वास्थ्य बिमा गरिदिएका छन् । उनिहरुले आश्रममा आश्रीत ८ बालबालीका साथै १ जना कर्मचारीको स्वास्थ्य बिमा गरिदिएका हुन । दमक ५ का चैतन्य बराल, कृष्ण खतिवडा, राजु राउत, सन्तोष गौतम, राजकुमार गौतम र सुरेन्द्र कटुवालले बालबालीका साथै बाल आश्रमका कर्मचारीको स्वास्थ्य बिमा गरिदिएका हुन ।
बालबालीकाको उपचारमा समस्या हुने देखेर बिमा गरिदिएको कार्यक्रमको सम्याजक गर्नु भएका चैतन्य बरालले बताउनु भयो । बालबालीकाको उपचारको लागी हाल स्वास्थ्य बिमा गरिदिएको र आगामी दिनमा पनि अन्य सहयोग जारी राख्ने उहाँले बताउनु भयो ।
उनिहरुले आज दमक २ स्थित आश्रममै पुगेर आश्रीत बालबालीका साथै कर्मचारीको बिमा कार्ड हस्तान्तरण गरेका थियो । सो अवसरमा एड्भान्स अस्पतालका स्वास्थ्य बिमा शाखा प्रमुख सहदेव भट्टराईको समेत उपस्थिति रहेको थियो ।
बिमाले बालबालीकाको उपचारमा सहज हुने हाम्रो बाल आश्रमका अध्यक्ष प्रकाश थापाले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here