दमक बजारमा तरकारीको मुल्य अचाक्लि बढ्यो , व्यवसायी र विचौलीयका कारण उपभोक्ता ठगिँदा स्थानिय सरकार रमिते

0
658

साउन १८/
दमक बजारमा तरकारीको मुल्य अचाक्लि बढेको छ । तरकारी आयातकर्ता बिचौलियाले पहाडी क्षेत्रमा उत्पादन भएको तरकारी दमक सम्म ल्याए वापत दोब्बर, तेब्बर सम्म बढी मुल्य असुल्दा सामान्य उपभोक्ता र तरकारी उत्पादक पहाडी क्षेत्रका किसानहरु दुवै मारमा परेका छन् ।
एक साता अघि सम्म ४८ देखि ५० रुपैयाँ प्रति किलो सम्म मुल्य पर्दै आएको पुरानो आलु अहिले ६० रुपैयाँ सम्ममा विक्री गर्न थालेका छन भने नयाँ आलु ७० रुपैयाँ सम्ममा विक्री गर्न थालेका छन् ।
यस्तै गएको हप्तासम्म ३० देखि ३५ रुपैयाँसम्ममा पाइँदै आएको गोलभेँडाको दाम तिन गुना बढाएर १ सय रुपैयाँ प्रति किलो सम्म पुगेको छ । काँक्रा, बन्दाकोवी, बोडी, फर्सी, घिउसिमी, तितो करेला, लौका, परवल, घिरौंला, भिण्डीलगायत सबै तरकारीको मुल्य अत्यधिक बृद्धि भएको छ । त्यसकासाथै माशुको मुल्यमा पनि अचाक्लि बृद्धि भएको छ । तर व्यवसायी र बिचौलीयाले आफुखुशी मुल्य बढाए पनि सारोकारवाला निकाय भने मौन देखिएको छ । बजरमा भैरहेको अत्यधिक मुल्य बृद्धिमा स्थानिय सरकारले कुनैचासो नदिएको उपभोक्ताले गुनासो गरेका छन् ।
विचौलीया र व्यवसायीले बजार मुल्यमा सिण्डिकेट गरेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च दमकका अध्यक्ष डाक्टर नविन चापागईंले यो सरासर अपराध भएको बताउनु भयो । व्यवासयी विचौलीयाले अपराध गर्दा पनि स्थानिय सरकार मौन वसेको भन्दै उहाँले तत्काल बजार अनुगमन गर्नु पर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here