डि पि एल युथ टिम दमकको अध्यक्षमा आशीष न्यौपाने चयन

0
622

साउन १८
डि पि एल युथ टिम दमकको नेतृत्वमा आशीष न्यौपाने चयन हुनु भएको छ । आज एक कार्यक्रमका विच डिपिएल युथ टिम दमकको २३ सदस्यीय समिति गठन गरिएको हो । दमक पब्लिक लाइब्रेरी संस्थापक अध्यक्ष भेषराज न्यौपानेको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमले युथ टिमको उपाध्यक्षद्वय बिश्व प्रकाश तिम्सिना र आकाश अधिकारि चयन गरेको छ । समितिको महासचिवमा नम्रता दाहाल, सचीव दिपेश रिमाल र कोषाध्यक्षमा सपना लिम्बु चयन हुनु भएको निर्वाचन आयुक्त रुबिना बिष्टले जानकारी दिनु भयो । त्यसैगरी सदस्यहरुमा सन्दिप बराल, आशा बिस्ट, सुबास शाह, पबित्रा खड्का, समीर गुरागाईँ, सन्देश सिवाकोटी, आरती खनाल, मिरा देबि भन्डारी, सरिता दाहाल, सन्दिप मैनाली, अनुसा कोइराला, रोशन निरौला, दिवश नेम्वाङ, निहारिका पोख्रेल चयन हुनु भएको छ ।
दमक पब्लिक लाइब्रेरी संस्थापक अध्यक्ष भेषराज न्यौपानेले डी पी एल युथ टिमलाई राष्ट्रिय व्यापी रूपमा शाखा विस्तार गरि पठन संस्कृतिको विकास संगै युवा नेतृत्व, उत्तरदायित्व, जिम्मेवारी बहन तथा व्यक्तित्व विकासको अवधारणालाई अगाडि बढाउँदै पूर्ण रूपमा टिमले जिम्मेवारी पूरा गर्ने विश्वास रहेको भन्दै शुभकामना दिनुभयो ।
आफ्नो नेतृत्वमा नवनिर्वाचित टिमले बक्ताहरुको कुनो(Speaking Corner), उद्यमशिल बहस (Community Outreach Programme) साहित्यिक कार्यक्रम, सीप बिकास तालिम, लाइब्रेरी साझ र विभिन्न समाज रुपान्तरण मा महत्व राख्ने कार्यक्रमहरुलाई महत्वका साथ सन्चालन गरिने नवनिर्बाचित टिमका अध्यक्ष आशिष न्यौपानेले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here