समुदाय स्तरमै कोरोनाको संक्रमण देखिन थालेपछि प्रदेश १ का बिभिन्न ठाउँमा लकडाउन , बिर्तामोड नगरपालीका आज देखी अनिस्चित कालिन लकडाउनमा

0
650
तस्वीर : रोयटर्स

साउन १८/
समुदाय स्तरमै कोरोनाको संक्रमण देखिन थालेपछि प्रदेश नम्बर १ का बिभिन्न स्थायिनतहहरुमा पुनः लकडाउन गर्न थालिएको छ । प्रदेश राजधानी बिराटनगर हिँजो देखी १५ दिन सम्म लकडाउनमा छ भने झापाको अर्जुनधारामा पनि आज बाट पाँच दिने लकडाउन जारी गरिएको छ । झापाकै बिर्तामोड नगरपालीकामा पनि लकडाउन गरिएको छ । बिर्तामोडमा आज रातिदेखि अनिस्चित काल सम्म लकडाउन गरिएको हो । नगरपालीकाको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा आज राति १२ वजेदेखि लागू हुने गरी लकडाउन गरिएको जानकारी दिइएको हो । लकडाउनमा यातायात, बजार , बैंक वितीय संस्था सबै बन्द रहने जनाइएको छ ।
अर्जुनधारामा पनि लकडाउन अवधिभर निजी तथा भाडाका गाडी, मोटरसाइकलसमेत पूर्णरूपमा बन्द गरिएको नगर प्रमुख हरि रानाले बताउनु भयो । वित्तिय संस्था, सरकारी कार्यालयहरू भने अवश्क सतर्कता अपनाइ खोलिएका छन् । तर कार्यलयका कर्मचारीहरूले अनिवार्य माक्स लगाएर र एक सवारीसाधनमा एक जना मात्र सवार भइ परिचयपत्र देखाएर कार्यलय आवतजावत गर्न सक्ने नगर प्रमुख रानाले बताउनु भयो ।
नगर क्षेत्रमा लकडाउन गर्ने भनिए पनि बिहान ८ बजेदेखि ११ बजेसम्म भने सबै प्रकारका व्यापार व्यवसाय भने सञ्चालन गर्न पाउने बताइएको छ ।
उता बिराटगरमा भने अहिले गरेको लकडाउन संघिय सरकारले यस अघि गरेको लकडाउन भन्दा कडा भएको महनगर प्रमुख भिम पराजुलीले बताउनु भएको छ । लकडाउनका कारण बिराटनगर पुर्ण रुपमा ठप्प रहेको छ । सडक तथा चौकमा प्रहरी परिचालन गरिएको छ ।
यस्तै सुनसरीको रामधुनी नगरपालिकाको क्वारेनटाइनमा बसेका एक जनामा कोरोना पुष्टि भएका व्यक्ति भागेपछि रामधुनी नगरपालिकामा पनि लकडाउन गरिएको छ । रामधुनी नगर क्षेत्रको समुदाय उच्च जोखिममा भएकाले हिजो बेलुका राति १२ बजेदेखि साउन २४ गतेसम्म अत्यावश्यकबाहेक नगर तथा वडाका सम्पूर्ण काम तथा हाटबजार र व्यापार–व्यवसाय बन्द गराउने नगर कार्यपालिकाले निर्णय गरेको हो ।
हिजो एक जना ४० वर्षीय पुरुष क्वारेनटाइनमा बसेकोमा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । रिपोर्ट आउनु भन्दा अघि खाना खाएर बिहान ११ बजे क्वारेनटाइनबाट कोरोना संक्रमित पुष्टि भएका व्यक्ति भागेकाले रामधुनी नगरपालिकामा कोरोनाको जोखिम बढेको भन्दै लकडाउन गर्नुपरेको नगर प्रमुख देवप्रकाश चौधरीले बताउनु भयो । उनको खोजी भइरहेको भन्दै नगरमा जोखिम बढेकोले लकडाउन सबै नगरबासीले पालना गरिदिनुहुन पनि अनुरोध गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here