नेविसंघको बिरोध पछि खुलेका बिद्यालय तत्काल बन्द गर्न जिल्ला प्रशासन कार्यालय झापाको निर्देशन

0
652

साउन १६/
कोरोना संक्रमणको जोखिम झन बढिरहेकाबेला झापाका केहि स्थानियतहहरुले बिद्यालय सञ्चालन सुरु गरेको भन्दै कांग्रेस भात्री संगठन नेपाल बिद्यार्थि संघले बिरोध गरेपछि जिल्ला प्रशासन कार्यालय झापाले सञ्चालीत बिद्यालयहरु बन्द गर्न निर्देशन दिएको छ । झापाको भद्रपुर नगरपालीकाले नगर क्षेत्रमा रहेका बिद्यालय सञ्चालन गर्न अनुमति दिएपछि हिँजो नेविसंघको एक टोलीले नगरमा सञ्चालन भएको बिद्यालयहरुको अनुगमन गरेको थियो । नेविसंघ झापा सभापती राजेन्द्र उप्रेती नेतृत्वको एक टोलीले बिद्यालयमा पढाई भैरहेको पाईएको भन्दै हिँजै जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना र जिल्ला प्रहरी प्रमुख कृष्णप्रसाद कोईरालालाई भेटी बिद्यार्थिहरु जोखिममा रहेको भन्दै तत्काल बिद्यालय बन्द गराउन आग्रह गरेको थियो । नेविसंघको टोलीलाई प्रमुख जिल्ला अधिकारी रानाले विद्यालय सञ्चालन सरकारी निर्णय विपरित भएको जनाउँदै तत्काल बन्द गराउने आश्वासन दिनु भएको थियो ।
आज जिल्ला प्रशासन कार्यालयले एक सुचना निकाल्दै सञ्चालीत बिद्यालय तत्काल बन्द गर्न निर्देशन दिएको छ । सरकारले आगमी भदौबाट मात्रै शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय गरेको भन्दै सोहि अनुसार गराउन जिल्ला प्रशासन कार्यालय झापाले सबै स्थानिय तहहरुलाई आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here