बिनोद उप्रेतीको अध्यक्षतामा डी पी एल राष्ट्रिय युथ टिम गठन

0
406

साउन १६/
दमक पब्लिक लाईब्रेरी अन्तर्गत युवाहरुको समुह डीपीएल राष्ट्रिय युथ टिम गठन गरिएको छ । लाईब्रेरीले बिभिन्न ठाउँमा शाखा सञ्चालन गरे संगै युवाहरुको राष्ट्रिय टिम गठन गरि बिभिन्न ठाउँमा शाखा गठन गर्ने तयारी गरिएको हो । डीपीएल युथ टिमको आज सम्पन्न साधारण सभाबाट डीपीएल युथ राष्ट्रिय टिम गठन गरिएको हो । दमक पब्लिक लाइब्रेरी संस्थापक अध्यक्ष भेषराज न्यौपानेको प्रमुख आथित्यतामा सम्पन्न साधारणसभाले बिनोद उप्रेतीको अध्यक्षतामा डीपीएल युथ राष्ट्रिय टिम गठन गरेको हो ।
नव गठित समितिको बरिस्ठ उपाध्यक्षमा रुबिना बिस्ट, महासचिव हेमन्त नेपाल, कोषाध्यक्ष भोला राजबंशी र उपाध्यक्ष द्वयमा दिवाकर गुरुङ र दिनेस खडका सर्वसम्मत चयन हुनु भएको छ । १३ सदस्सीय समितिका सदस्यहरुमा सपना न्यौपाने, दिवाकर पाँचकोटि, रेखा ढुंगाना, लक्ष्मी न्यौपाने, मदन सापकोटा र प्रबिण पाठक चयन हुनु भएको निर्वाचन आयुक्त जीवन सापकोटाले जानकारी दिनु भयो । त्यसैगरी समितिको कानुनी सल्लाहकारमा मिलन तामाङ चयन हुनु भएको छ । समिति चयनको लागी सापकोटाको संयोजकत्वमा भरत चम्लागांई र पुष्प नेपाल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
साधारणसभामा नेपाल जेसिजका पूर्व अध्यक्ष प्रकाश अधिकारी दमक पब्लिक लाइब्रेरी संस्थापक सचिव हरी सिटौला, संस्थापक कोषाध्यक्ष देवेन्द्र प्रसाईं लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here