प्रदेश १ मा समुदाय स्तरमै कोरोना फैलीएको निश्कर्ष निकालेको प्रदेशस सरकारका प्रमुख सहित जिम्मेवार मन्त्रीहरु काम छोडेर साता दिन देखी काठमाण्डौमा

0
354
तस्वीर : रोयटर्स

साउन १५/
प्रदेश १ को राजधानी विराटनगरसहित प्रदेशमा समुदायस्तरमा कोरोना संक्रमण फैलिसकेको निष्कर्श प्रदेश सरकारले पनि निकालेको छ । तर त्यसलाई रोक्ने तर्फ कुनै कार्ययोजना र अभियान सरकारले चलाएको छैन । बरु प्रदेश सरकारका मुख्यमन्त्रीसहित जिम्मेवार मन्त्रीहरु केही दिनदेखि काठमाण्डौमा छन् । नेकपाको आन्तरिक विवाद चर्किरहेको बेला जिम्मेवार मन्त्रीहरु प्रदेशमा नहुँदा कोरोना नियन्त्रणको लागि ठोस योजना तयार हुन नसकेको प्रदेश सरकारका एक उच्चपदस्थ कर्मचारीले बताएका छन् ।
प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई चार दिनदेखि काठमाण्डौमा हुनुहुन्छ भने विपद् व्यवस्थापनको महत्वपूर्ण जिम्मेवारी लिनुभएका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्की दुई सातादेखि विराटनगरमा हुनुहुन्न । उहाँ पनि पार्टीको विवाद मिलाउन भन्दै काठमाण्डौमै बसिरहनुभएको छ ।
मुख्यमन्त्रीसँगै प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ पनि काठमाण्डौ पुग्नुभएको छ । विराटनगर महानगरपालिकामा बिहीबारसम्म ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ३० जना उपचारपछि निको भएका छन् । अहिलेसम्म संक्रमित भेटिएकामध्ये ४१ जना ट्राभल हिस्ट्रि नभएकाहरु रहेको महानगरपालिकाको कोभिड टिम सुपरभाइजर हैदर अलिले जानकारी दिनुभयो ।
यसै विच कोरोना संक्रमण समुदायस्तरमा फैलिसक्दा पनि प्रदेश सरकारले लकडाउन गर्नं अनुमति नदिएको मोरंगको विराटगनर महागनरपालिकाले गुनसो गरेको छ । विराटगनरमा ट्राभल हिस्ट्र नभएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सर्वासाधारणमा कोरोना देखिने क्रम बढ्दै गए पनि रोकथाम र नियन्त्रणको कुनै प्रयास थालिएको छैन । विराटगनर महानगरपालिकाका प्रमुख भीम पराजुलीले संक्रमण फैलिन नदिन महानगरलाई लकडाउन गर्न पटक पटक प्रस्ताव गरेपनि प्रदेश सरकारले अनुमति नदिएको बताउनुभयो । आफुले संक्रमण थप फैलिन नदिन महानगरलाई लकडाउन गर्ने प्रस्ताव पटक पटक मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेसँग गर्दा पनि प्रदेश सरकार लकडाउन गर्ने पक्षमा नदेखिएकोले अब यसबाट हुने क्षतिको जिम्मेवारी प्रदेश सरकारले नै लिनु पर्ने प्रमुख पराजुलीले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here