दमक शब्जिबजारमा चेरी क्लबले बाँड्यो मास्क र सेनिटाईजर

0
390

साउन १२/
सामाजिक काममा क्रियासिल चेरी क्लब दमकले दमक ६ स्थित नयाँ शब्जि बजारमा आज मास्क र सेनिटाईजर वितरण गरेको छ । कोरोना संक्रमण दिन दिनै बढिरहेको अवस्थामा नागरिकहरुलाई स्वास्थ्य सुरक्षा अपनाउन मास्क र सेनिटाईजर वितरण गरिएको क्लबका सम्योजक बबरजंघ थापा किरणले जानकारी दिनुभयो । शब्जि बजारमा मानिशहरुको भिडभाड धेरै हुने भएकोले त्यस्तो ठाउँमा कोरोना संक्रमणको जोखिम धेरै हुने भएकोले सचेतना स्वरुप कार्यक्रम गरिएको उहाँले बताउनु भयो ।
बजारमा रहेका अधिकांश व्यापारी र खरिद गर्न आएका उपभोक्ताहरुले पनि प¥याप्त सावधानि अपनाएको नपाईएको कार्यक्रमका सम्योजक चैतन्य बरालले बताउनु भयो । व्यवसायी तथा ग्राहकहरुलाई सचेतना जगाउँदै मास्क र सेनिटाईजर वितरण गरिएको उहाँले बताउनु भयो । मास्क भने दमक ६ स्थित ईन्दु सर्जिकलका सन्चालक ईन्दिरा काप्mले भट्टराईले उपलब्ध गराउनु भएको थियो । कार्यक्रममा चेरी क्लबका संस्थापक अध्यक्ष उमाकान्त आचार्य, उद्योग बाणिज्य संघ दमकका अध्यक्ष गोकुल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here