बानेस्वरका एक घरबेटीले लकडाउन अवधिको ५ महिनाको घरभाडामा आधा छुट दिए

0
887

साउन ११/
राजधानी काठमाण्डौस्थित बानेस्वरका एक घरबेटीले कोरोना संक्रमणका कारण सरकारले गरेको लकडाउन अवधिको ५ महिनाको घरभाडा आधा छुट गरिदिएका छन् । जापानमा होटल व्यवसाय गर्दै आउनु भएका सुनिल श्रेष्ठले काठमाण्डौ महानगरपालीका नयाँ बानेस्वर बुद्धनगरमा रहेको घरको भाडाबापद पाँच महिना सम्मको आधा भाडा छुट गरिदिनु भएको हो । लकडाउनका कारण जापनमा आफुले सञ्चालन गरेको होटल पनि बन्द रहेको अवस्थामा आफुले पनि घर भाडा छुट गरिदिएको उहाँले बताउनु भयो ।
बानेस्वर स्थित उहाँको घरमा नेपथ्य ब्वाईज होस्टल सञ्चालनमा रहेको छ । लकडाउनका कारण होस्टल पुरै खाली रहेको अवस्थामा घरबेटीले ५ महिनाको आधा भाडा छुट गरिदिने बताउँदा निक्कै राहत भएको होस्टल सञ्चालक राहुल भट्टराईले बताउनु भयो । लकडाउनले कुनै आम्दामी नभएको बेलामा घरबेटीले आधा भाडा छुट दिएको र आधा रकम पनि कमाउन थालेपछि बिस्तारै तिर्नु भनेकाले आफुलाई निक्कै सहज भएको उहाँले बताउनु भयो । बिभिन्न ठाउँमा लकडाउन अवधिमै पनि घरबेटीले भाडा तत्काल तिर्न उर्दि गरेका समाचारहरु आईरहेका बेला आप्mना घरबेटीले उदाहरणीय काम गरेको भन्दै होस्टल सञ्चालक भट्टराईले घरबेटी श्रेष्ठको प्रशंसा गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here