रञ्जन कोईरालालाई सर्वोच्च अदालतले उन्मुक्ति दिएको प्रति दमकका अगुवा महिलाहरुको ध्यानाकर्षण

0
629

साउन १०/
सशस्त्र प्रहरीका तत्कालीन डिआईजी रञ्जन कोईरालाको मुद्धामा सर्वोच्च अदालतले गरेको पछिल्लो पैmसलाप्रति दमकका बिभिन्न १३ वटा सामाजिक संघ संस्थाका अगुवा महिलाहरुले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । श्रीमती गिता कोईरालालाई हत्या गरेको अभियोगमा काठमाण्डौ जिल्ला अदालत र उच्च अदालतको आदेशमा सर्वस्व सहित जन्म कैद भुक्तान गरिरहेका कोईरालालाई सर्वोच्च अदालतले सो पैmसाल उल्ट्याउँदै रिहा गरेको थियो । सर्वोच्च अदालतको पैmसलाले गम्भिर प्रक्रितिका अपराधिलाई उन्मुक्ति दिएको भन्दै दमकमा क्रियासिल बिभिन्न १३ वटा संघ संस्थाका अगुवा महिलाहरुले आज बिज्ञप्ति निकालेर ध्यानाकर्षण भएको जनाएका हुन ।
बिज्ञप्तिमा सर्वोच्चको पैmसला बिरुद्ध सरकारलाई पुनरावलोकनको लागी आग्रह समेत गरिएको छ ।
बिज्ञप्तिमा सुनौलो अभियान नेपाल अध्यक्ष लीला ढुंगेल दाहाल, महिला सशक्तिकरण केन्द्र नेपाल अध्यक्ष भुमिका कोईराला, मानव अधिकार प्रतिष्ठान सदस्य सुमित्रा प्रसाई, नारि एकता न्यायिक मञ्च सचिव दुर्गा खानाल काफ्ले, जनचेतना महिला बिकाश संघ अध्यक्ष मन्धरा पौडेल, लायन्स क्लब अफ दमक सेविका अध्यक्ष विमला केसी, महिला अधिकार मञ्च अध्यक्ष विष्णु भट्टराई, असहाय मानव सेवा समाज उपाध्यक्ष सजु बुढाथोकी, अप्सरा सावित्रा प्रतिष्ठान अध्यक्ष चन्द्रा खड्का भट्टराई, राष्ट्रिय महिला अधिकार मञ्च अध्यक्ष रमा लिम्बु, सुन्दर समाज नेपाल अध्यक्ष रुपा सेलिङ, राष्ट्रिय आदिवासी जनजाती महिला संघ अध्यक्ष भगवती श्रेष्ठ र लिड नेपाल अध्यक्ष चञ्चला सुब्बाले हस्ताक्षर गर्नु भएको छ ।
यद्यपी सरकारले सो मुद्धाको पुनरावलोकन गरिसकेको छ । पुनरावलोकनको पेशी पर्सि आईतबारलाई तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here