झापा जिल्लामा आजबाट सार्वजनिक यातायात सञ्चालन

0
424

साउन ४/
कोरोना संक्रमण नियन्त्रणका लागी गरिएको लकडाउनबाट बन्द भएर सार्वजनि सवारीका साधनहरु आज बाट झापामा पनि फाट्ट–फुट्ट रुपमा सञ्चालन हुन थालेका छन् । कोरोना भाईरस बाट बच्न भन्दै गत चैत्र ११ गतेबाट गरिएको लकडाउनबाट थन्किएका बस सञ्चालनको लागी सरकारले सरकारले असार २६ गतेनै आग्रह गरे पनि व्यवसायीहरुले भने विभिन्न माग राख्दै सञ्चलन गरेका थिएनन् । तर मौद्रिक नितिले आफुहरुका मागलाई सम्बोधन गरेको भन्दै व्यवसायीहरुले आज बाट बस सञ्चालन गरेका हुन । तर आज भने पहिलो दिन भएकाले झापा जिल्लमा १० वटा जति मात्रै गाडि सञ्चालन भएको याताताय ब्यवसायी संघ दमकका अध्यक्ष गंगा सिटौलाले जानकारी दिनुभयो ।
एक जिल्लाबाट अर्को जिल्ला सम्म जान नपाईने भएकोले झापाको काँकरभिट्टा बाट मोरङको सिमा उर्लाबारी मावा पुल सम्म बस सञ्चालनमा आउन थालेका हुन । बस सञ्चालन भए पनि आज एउटामा ५–६ जना मात्रै यात्रु रहेको अध्यक्ष सिटौलाले बताउनु भयो । भोली बाट अलि धेरै बसहरु सञ्चालनमा आउने उहाँले बताउनु भयो ।
लामो समयदेखिको बन्दले ब्यवसायी मारमा परेको तथा अब काममा फर्कनुको विकल्प नभएको भन्दै बस चलाउन थालेको उहाँले बताउनु भयो ।
३ महिना बढीको बन्दाबन्दीले श्रमिक तथा कतिपय ब्यवसायी पलायन पनि भएका छन् । दमकमा आजबाट बस सञ्चालन गरिए पनि सेनिटाईजरको अभाव, मास्क तथा गाडीका स्टाफ जोखिममा पर्ने भन्दै चुनौती रहेको ब्यवसायीको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here