सांसद महेन्द्रा सुब्बा द्वारा निम्स अस्पताल दमकलाई स्वास्थय सामाग्रि वितरण

0
834

दमक साउन ४
संघिय संसद सदस्य सांसद महेन्द्रा कुमारी लिम्बुले दमक ९ स्थित निम्श अस्पताललाई स्वास्थ्य सामाग्रिहरु उपलब्ध गराउनु भएको छ । कोरोना संक्रमणका कारण जोखिममा रहने स्वास्थ्य कर्मि र अस्पताल कर्मचारीहरुका लागी ति सामाग्रिहरु उपलब्ध गराईएको सांसद लिम्बुले बताउनु भयो ।
अस्पताल कोरोना संक्रमण सर्ने जोखिम क्षेत्र रहेको र त्यहाँ काम गर्ने स्वास्थ्य कर्मि सहित कर्मचारीहरुलाई संक्रमणबाट जोगिन सांसद लिम्बुले सेनिटाईजर र मास्क उपलब्ध गराउनु भएको कांग्रेस दमक नगर सदस्य पर्शुराम रिजालले जानकारी दिनुभयो । सांसद लिम्बुले अस्पताललाई ५ दर्जन जति एन ९५ मास्क र ५० बोतल जति सेनिटाईजर उपलब्ध गराउनु भएको उहाँले बताउनु भयो ।
सांसद लिम्बुले आज अस्पतालमै पुगेर अस्पताल अध्यक्ष बलबद्र कोईरालालाई ति स्वास्थ्य सामाग्रि हस्तान्तरण गर्नु भएको हो । स्वास्थ्य सामाग्रि वितरणका क्रममा अस्पतालका सञ्चालकहरु मन्दरा पौडेल, भुपाल कटुवाल, घनेन्द्र सुब्बा लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here