टोकियो ओलम्पिक – २०२१ को खेल तालिका सार्वजनिक

0
931

काठमाडौँ – सन् २०२१ मा आयोजना हुने टोकियो ओलम्पिकको खेल तालिका सार्वजनिक भएको छ ।

आयोजक टोकियो ओलम्पिकले शुक्रबार सार्वजनिक गरेको तालिका अनुसार प्रतियोगिताको औपचारिक उद्घाटन जुलाई २३ मा हुनेछ । खेलका प्रतिस्पर्धा भने जुलाई २१ देखि नै सुरु हुनेछन् ।

कोरोना भाइरसको महामारीले एक वर्ष सरेको ओलम्पिकमा विभिन्न ३३ खेलमा प्रतिस्पर्धा हुनेछ । अगस्ट ८ सम्म चल्ने प्रतियोगितामा ३ सय ३९ पदकका लागि प्रतिस्पर्धा हुनेछ । यसअघि टोकियो ओलम्पिक यसै वर्षको जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तय भएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here