ट्वीटर खाता ह्याक प्रकरण : एफबीआईले सुरू गर्‍यो अनुसन्धान

0
456
तस्वीर : गेट्टी इमेज

काठमाडौं – अमेरिकाका चर्चित व्यक्तिहरू एवं कम्पनीका ट्वीटर एकाउन्ट ह्याक प्रकरणमा संघीय अनुसन्धान ब्युरो (एफबीआई)ले अनुसन्धान थालेको छ ।

बिटकोइन घोटाला गर्न ह्याकरले एउटा ठूलो सङ्गठित साइबर हमला गरी पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्र्याटिक उमेद्दवार जो बाइडन, अर्बपतिहरू जेफ बेजोस, एलन मस्क, बिल गेट्स, माइकल ब्लुमवर्ग, र्‍यापर कानिय वेस्ट लगायतका ट्वीटर ह्याक गरेको थियो ।

उक्त प्रकरणपछि ट्वीटरले धेरै भेरिफाइड एकाउन्टबाट सोही प्रकृतिका ट्वीट हुनबाट रोकेको र थप अनुसन्धान भइरहेको उल्लेख गरिरहँदा एफबीआईले पनि अनुसन्धान सुरू गरेको हो ।

एकाउन्ट ह्याक भएको सम्बन्धमा ट्वीटरले जुलाई २३ मा अमेरिकी सिनेटको वित्त समितिलाई ब्रिफिङसमेत गर्नुपर्ने भएको छ । अमेरिकी समय अनुसार बुधबार भएको ह्याकिङपछि ओबामा, बाइडन र वेस्टका खातामा झुटा ट्वीटहरू राख्दै मानिसहरूलाई एक हजार डलरको क्रिप्टोकरेन्सी चन्दास्वरूप पठाउन भनिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here