कोरोना नेपाल : थप ११६ जनामा संक्रमण, संक्रमित संख्या १७ हजार ६१

0
620
तस्वीर : रोयटर्स

काठमाडौं- नेपालमा मंगलबार थप ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ३६१ जनाको पीसीआर परीक्षण गरिदा ११६ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा थप ३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १० हजार ३२८ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here