माइक्रोसफ्टले ल्यायो एकै पटक १ हजार जनासँग कुरा गर्न मिल्ने एप

0
796

काठमाडौं-  कोरोना भाइरसको महामारीपछि छुरी भएको भौतिक दूरीले विश्वभर भिडियो कन्फ्रेन्सिङ्ग एपको प्रयोग बढिरहँदा माइक्रोसफ्टले एकदमै नयाँ विशेषतासहितको भिडियो कन्फ्रेन्सिङ्ग एप विकास गरेको छ ।

माईक्रोसफ्ट टिम्स नामको एपले भिडियो कलमा १००० सदस्यहरूलाई एकैपटक कुरा गर्न मिल्ने सुबिधा दिइएको छ। यति मात्र होईन, यदि प्रयोगकर्ताले ठूलो स्तरमा भिडियो कलिङ्ग गर्नुपर्‍यो भने केवल भ्यू-ओन्ली अन्तर्गत २० हजार प्रयोगकर्ताहरूसँगै जोडिन सकिने समेत सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यो एपले एकै पटक धेरै व्यक्तिहरूसँग जोडिदा कसले बोल्दैछ भन्ने कुराको अलमल हुन नदिन टूगेदर मोड भन्ने फिचर पनि राखेको छ । उक्त फिचरले समूहमा कुन सदस्यले बोल्दै छ भन्ने जानकारी गराउँछ । यसले प्रयोगकर्ताहरू माझ संवाद गर्न सजिलो बनाउँने दाबी गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here