मेस्सिको कीर्तिमानमा बार्सिलोनाको अर्को जीत, उपाधि होड कायमै

0
553

एजेन्सी – स्टार फरवार्ड लिओनल मेस्सिको कीर्तिमान बनाएको खेलमा ला लिगाको अर्को खेलमा पनि बार्सिलोनाले जीत निकालेको छ ।

रियल भालाडोलिडलाई पराजित गर्ने क्रममा मेस्सिले एकै सिजन २० गोल र २० असिस्टको कीर्तिमान बनाएका छन् ।

शनिबार रातिको खेलमा बार्सिलोनाले भालाडोलिडको घरेलु मैदानमा १-० ले हराउँदै महत्त्वपूर्ण ३ अंक हासिल गरेको हो ।

बार्सिलोनाको जीतमा आर्टुरो भिडालले पहिलो हाफमा गरेको गोल नै निर्णायक सावित भयो । मेस्सीले चलाखीपूर्ण ढंगले पेनाल्टी क्षेत्र नजिकबाट दिएको फ्लिक पासलाई भिडालले १५औँ मिनेटमा गोल गरे ।

जीतसँगै बार्सिलोनाले ३६ खेलमा ७९ अंक बनाएको छ । एक खेल कम खेलेको रियल मड्रिडको ८० अंक रहेको छ । रियलले सोमबार हुने खेलमा ग्रानडाको सामना गर्दैछ ।

अबको खेलमा रियलले बराबरी खेलेमा उपाधि होड अझ बढी रोमाञ्चक हुनेछ । जीतसँगै बार्सिलोना पनि उपाधि होडमा कायमै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here