दक्षिण कोरियालाई जी-७ मा समावेश गर्ने अमेरिकी प्रस्ताव जापानबाट अस्वीकार

0
463
तस्वीर - Reuters

१५ असार, काठमाडौं । दक्षिण कोरियालाई जी-७ मा समावेश गर्ने अमेरिकी प्रस्ताव जापानले अस्वीकार गरेको छ ।

जापानी सञ्चार माध्यमहरूका अनुसार जापानले चीन र उत्तरकोरियासँग सम्बन्धित मुद्दाहरुमा दक्षिण कोरियाको जी-७ मुलुकहरुको भन्दा फरक मत रहेको भन्दै अमेरिकी प्रस्तावलाई अस्वीकार गरेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघिको जी-७ शिखर सम्मेलनमा भारत, रुस, अष्ट्रेलिया र दक्षिण कोरियालाई पनि समावेश गर्न प्रस्ताव अघि सारेका थिए ।

अमेरिका, बेलायत, जापान, क्यानडा, जर्मनी, फ्रान्स र इटाली पहिले देखिनै विश्वका सात प्रमुख अर्थव्यवस्थाको समूहमा सामेल छन् । एसियाबाट जापानाको मात्र प्रतिनिधित्व गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here