नेपालमा कोरोना संक्रमितको संख्या १८ सय नाघ्यो

0
401

१९ जेठ, काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना संक्रमितको संख्या १८ सय ११ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले विज्ञप्ति जारी गर्दै नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् ।

सहप्रवक्ता डा अधिकारीका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु पाल्पा निस्दी गाउँपालिकाका १७ र ३६ वर्षका दुईजना पुरुष, नवलपरासी सरावल गाउँपालिकाका ६ वर्षीय बालक, गुल्मी रेसुंगा गाउँपालिकाका २६ वर्षका पुरुष रहेका छन् ।

यस्तै कपिलवस्तु मायाँदेवी गाउँपालिकाका १९,२१,२६,२६, २७, ३५ र ४० वर्षका पुरुषहरु र रुपन्देही गैडहवा गाउँपालिकाका ३ वर्षीया बालिका र ५४ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि नियमित लाइभ अपडेटमा सोमबार स्वास्थ्य मन्त्रालयले थप २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित लाइभ अपडेट मार्फत नेपालमा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका थिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ सय ११ पुगेको छ भने हालसम्म नेपालमा कोरोनाका कारण ८ जनाको ज्यान गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here