जर्मन बुन्डेसलिगा : वायर्न म्युनिखको सहज जीत

0
927

५ जेठ, काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा वायर्न म्युनिखले युनियन बर्लीनलाई २ -० ले हराउँदै आफूलाई शीर्ष स्थानमा कायमै राखेको छ ।

बर्लीनको मैदानमा वायर्नलाई जीत दिलाउन रोबर्टो लेवान्डोस्की र बेन्जामिन पाभर्डले एक/एक गोल गरे ।

बर्लीनविरुद्ध वायर्नले १८ औं मिनेटमा गोल गरेको थियो । तर, थोमस मुलरको उक्त गोललाई रेफ्रीले भीएआरको सहायताले अफसाइड दिए । त्यसपछि खेलको ४० औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै वायर्नलाई अग्रता दिलाए ।

पहिलो हाफमा झिनो अग्रता बनाएको वायर्नले दोस्रो हाफमा थप एक गोल गरेको थियो । खेलको ८१ औं मिनेटमा पाभर्डले हेडमार्फत गोल गर्दै वायर्नलाई २-० को जीत दिलाए ।

जीतसँगै वायर्नले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ । वायर्नको २६ खेलबाट ५८ अंक रहेको छ भने। दोस्रो स्थानको बोरुसिया डर्टमण्डको ५४ अंक रहेको छ ।

पराजित बर्लीन भने ३० अंकका साथ १२ औं स्थानमा रहेको छ । आइतबार नै भएको लिगको अर्को खेलमा खेलमा मैन्ज र क्लोनले २-२ गोलको बराबरी खेलेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here