अमेरिकन आइडलको उपविजेता बने नेपाली युवा दिवेश पोखरेल

0
430

काठमाडौं –  नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपविजेता बनेका छन् ।

जस्ट साम अमेरिकन आइडल बन्दा दिवेश उपविजेता बनेका हुन् ।

आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । उनी टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन ।

यद्यपि, अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् । दिवेशसँगै डिल्लोन जेम्स, जस्ट साम, जोन्नी वेस्ट, फ्रान्सिस्को मार्टिन टप ५ मा पुगेका थिए ।

कोभिड–१९ को महामारीका कारण अमेरिकन आइडलको फाइनलमा सबैले आ–आफ्नो घरबाटै प्रस्तुति दिएका थिए । २२ वर्षीय दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिँदै आएको थियो । काठमाडौंको रविभवनमा जन्मेका दिवेश उच्च शिक्षा अध्ययनका सिलसिलामा सन् २०१४ देखि अमेरिकामा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here