बैंक व्याज र घर भाडा छुट दिन झापाका व्यवसायीको माग

0
674

बैसाख २३/
झापाका सबैं उद्योग वाणिज्य संघले सामुहिक रुपमा वैंक व्याज, घर भाडा छुट लगायतका विषयमा १० वटा निर्णय गरेका छन् । आज बिर्तामोड उद्योग वाणिज्य संघको आयोजना तथा संवाद समूह झापाको संयोजनमा बिर्तामोडमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।
बैठकमा कोरोना भाइरसको महामारी तथा लम्बिँदो लकडाउन र त्यसबाट सम्पन्न परिस्थितिले उद्योग व्यवसायमा परेको प्रभाव बारे छलफल गरी उक्त विषयमा साझा निष्कर्षसहित निर्णय गरिएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले जानकारी दिनुभयो ।
बैठकले उद्योगी व्यवसायीहरुले बंैकबाट लिएको ऋणको व्याजका सन्दर्भमा नाफा र नोक्सानरहीत ढंगले विज्ञहरु राखेर उचित व्यवस्थापन गरी व्याज छुट गर्न, बैंकले लिने सेवाशुल्क, नवीकरण शुल्क छुटका साथै स्प्रेड दर दुई प्रतिशत कायम गर्न माग गर्ने, उद्योगी व्यवसायीको क्षतिको अवस्था मूल्यांकन गरी विशेष राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गर्न, लकडाउन अवधिको घर भाडा पूर्ण छुटका लागि सरकारको ध्यानाकर्षण गराउँने लगायतका निर्णय गरिएको उद्योग बाणिज्य संघ दमकका अध्यक्ष गोकुल श्रेष्ठले बताउनु भयो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, केशवराज पाण्डे, महासंघ प्रदेश १ समितिका सदस्य कुमारमणि पोखरेल, बलराम कार्की उद्योग बाणिज्य संघ दमकका अध्यक्ष गोकुल श्रेष्ठ लगायतले बैठकमा आप्mना धारणा राख्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here