कमलको बिपद कोषमा कांग्रेसको सहयोग

0
572

बैसाख २३/
झापाको कमल गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा नेपाली काग्रेस कमल गाउँसमितीका तर्फ बाट सहयोग प्रदान गरिएको छ ।
कोरोना नियन्त्रणका लागी गरिएको लकडाउनले बिपन्न समुदाय समस्यामा परेको भन्दै उनिहरुको सहयोगको लागी कांग्रेस नेतृ तथा संघिय सांसद महेन्द्र कुमारी लिम्बुमार्फत ५५ हजार रुपैया गाउँपालिका अध्यक्ष मेनुका काफ्लेलाई उपलब्ध गराईएको हो ।
कार्यक्रममा नेपाली काग्रेस कमल गाउँसभापति खगेन भण्डारी, क्षेत्रिय सभापती ढुण्डिराज भण्डारी, सहसभापति राजकुमार न्यौपाने, महासमिती सदस्य राजन ढुङ्गगाना लगायतको उपस्थिती रहेको थियो ।
यो सहित गाउँपालिकाको कोषमा २८ लाख ५ हजार रुपैया भन्दा बढी जम्मा भएको अध्यक्ष काफ्लेले बताउनु भयो । गाउँपालिकाले ३ हजार ५ जनालाई पहिलो चरणको राहात वितरण गरिसकेको गाउँपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here