किट अभाव हुँदा प्रदेश १ मा परिक्षणको दर कम

0
394

बैसाख २२/
कोरोना संक्रमण भएको नभएको पत्ता लगाउने किट अभावमा प्रदेश नम्बर १ मा परिक्षणको दर थोरै रहेको छ ।
दुई जना महिलासहित २८ जना संक्रमित भेटिएको उदयपुरको भुल्केमा ३ सय ६४ जनाको मात्रै स्वाब परीक्षण गरिएको छ । जबकि सो बस्ती १ हजार ५ सय जति मानिस छन् । उता भोजपुरका संक्रमित सम्पर्कमा आएको उदयपुरको मैनामैनीमा पाँचजनाको स्वाब परीक्षण गरिएको छ । दमकमा एकजना संक्रमित फेला परेपछि २ सय ४२ जनाको स्वाब परीक्षण भयो । यसैगरी एक जना संक्रमित देखिएको झापाकै बाह्रदशीमा ६२ जनाको स्वाब परीक्षण गरियो ।
सरकारले एक हजार जनाको नमुना संकलन गर्ने आश्वासन दिएको थियो । तर, परीक्षणलाई चाहिने पीसीआर किट तथा अरु सामग्री अभावले बिराटनगरमा मेसिनबाट हुने परीक्षण रोकिएको छ । कोसी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रले म्यानुअल्ली गर्दा संख्या घटेको बताउनु भयो । मन्त्री घमिरेले समस्याबारे स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइएको र एक दुई दिनभित्रै किटसहितका सामान आएपछि परीक्षणको गति बढ्ने जानकारी दिनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here