दमकको कोरोना संक्रमीत क्षेत्रमा आज ६० जनाको परिक्षण

0
418

बैसाख १४/
दमकमा एकजनामा कोरोना संक्रमण देखा परे पछि सो क्षेत्रमा आज विहानै देखि परिक्षणलाई तिव्र पारिएको छ । दमक वडा नं. ३ जनता चौकलाई केन्द्र बनाएर प्रदेश, जिल्ला र स्थानीय तहका स्वास्थ्यकर्मीहरुको टीमबाट परिक्षण शुरु गरिएको हो । दमक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट खड्गलाल लिम्बुको नेतृत्वमा ४ वटा टोली संक्रमित क्षेत्रमा परिचालन गरिएको दमक नगरपालिका स्वास्थय शाखाले जनाएको छ ।
नगरपालिकाले संक्रमित ६२ वर्षीय वृद्धको सम्पर्कमा आएका तथा घर आसपासका करिब ७९ जनालाई पहिलो प्राथमिकतामा राखेर आज बिहान साढे ७ बजेदेखि स्वास्थ्य परीक्षण गर्न सुरु गरेको हो । टोलीले संक्रमित गाऊँको ६० जनामा आज ३४ पीसीआर र ३७ वटा आरडीटी परिक्षण गरेको जनाएको छ । यस्तै टोलीले संक्रमितको टे«सिङको आधारमा सिमानामा रहेको कमल गाउँपालिकामा समेत परिक्षण थालेको छ ।
टोलीले परिक्षणसँगै प्रभावित क्षेत्रका बासिन्दालाई सोधपुछ गर्ने र रोगीसँगको सम्पर्कको आधारमा सोही क्षेत्रमा परिक्षण गर्न थालिएको स्वास्थ्य कार्यालय झापाका कार्याक्रम अधिकृत विपद व्यवस्थापन समिति सहयता कक्षका सचीव जिवन चौलागाईंले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here