ज्वरो नापेर मात्रै झापामा प्रवेस पाईने

0
506

बैसाख १४
छिमेकी जिल्ला मोरङबाट झापा आउनेहरु अब ज्वरो परिक्षण गरेमा मात्र आउन पाउने भएका छन् । दुई जिल्लाको सिमा दमक ४ स्थित ताराबारी ढाँटबाट ज्वरो नाँपेरमात्र दमक प्रवेस गर्न दिइन थालेको छ ।
दमकमा एकजना कोरोना संक्रमित फेला परेसंगै आज विहानैदेखि ज्वरो नाप्न सुरु गरिएको छ । झापा प्रवेश गर्ने यात्रुहरुको लेजर थर्मल गन द्वारा ताराबारी डिपुमा स्वास्थ्य परीक्षण शुरु गरिएको रेडक्रस दमकका अध्यक्ष प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय झापा, स्वास्थ्य कार्यालय झापा र रेडक्रस दमकले यसको संयोजन गरेकाछन् । जहाँबाट आएको भएपनि यात्रुहरुलाई पनि जाँच गरेर मात्रै झापा प्रवेस दिईन्छ ।
दूइदिन यता दमकमा लकडाउन कडा गरिएको जनाईको छ । दमकको वडा नं. ३ पुर्ण रुपमा सिल रहेको छ भने ४ नम्बरको केहि भाग पनि सिल गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here