झापाका कोरोना संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका सबैको रिपोर्ट नेगेटिभ

0
534

बैसाख १९/
झापा जिल्लामा कोरोनाको संक्रमण देखिएका दुईजनाको प्रत्यक्ष सम्पर्कमा आएका सबैजनाको पहिलो चरणको परिक्षण सम्पन्न गरिएको छ । दुवै जना संक्रमितहरुको प्रत्यक्ष सम्पर्कमा आएका २१६ जनाको गरिएको परिक्षणमा सबैको नेगेटिभ रिपोर्ट आएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका उप प्रमुख जिवन चौलागाईंले जानकारी दिनुभयो ।
दमकका एकजना र बाह्रदशीका अर्का एक कोरोना संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका सबैको परिक्षण गरिएको हो । अहिले सम्मको परिक्षणमा थप कसैमा पनि संक्रमण देखिएको नभए पनि अभैm ढुक्क हुने अवस्था भने भाई नसकेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका उप प्रमुख चौलागाईंले बताउनु भयो । यस अघि भेटिएका संक्रमित जस्तै अभैm गाउँमा हुनसक्ने भएकाले सबैको परिक्षण नगरिएसम्म भने ढुक्क हुने अवस्था नआउने उहाँले बताउनु भयो ।
यस अघिका केसमा चाँडै थाहा भएकोले अन्यलाई सर्न नपाएको भन्दै उहाँले संकास्पद सबैको परिक्षण गर्नै पर्ने बताउनु भयो । लकडाउन सुरु हुनु भन्दा एक महिना अघि बिदेशबाट नेपाल आएकाहरु झापामा ११५० जना रहेकोले अहिले उनिहरुको परिक्षण भैरहेको भन्दै उहाँले भोली सम्ममा सबैको परिक्षण भैसक्ने पनि जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here