दमकमा एकै परिवारका तिनजनालाई कोरोनाको एन्टीबडी पोजेटिभ देखिएपछि शरणार्थि शिबिरबाट बाहिर निस्कन प्रतिबन्ध

0
384
तस्वीर : रोयटर्स

बैसाख १२/
दमकमा एकै परिवारका ३ जनामा कोरोनाको एन्टि बडी पोजेटिभ देखिए पछि उच्च सतर्कता अपनाईएको छ । गत चैत ४ गते दुबइबाट आए २८ वर्षे यूवामा एन्टिबडी पोजेटिभ देखिएपछि परिवारका अन्य सदस्यको पनि परिक्षण गरिएको थियो । सो परिक्षणमा यूवाका बुबा र आमामा पनि एन्टिबडी पोजेटिभ देखिएको दमक नगरपालिकाकी उप प्रमुख गीता अधिकारीले जानकारी दिनुभयो । तर उनकी श्रीमतीमा भने एन्टी बडी पोजेटिभ नदेखिएको स्वास्थ्य निरिक्षक बद्री बरालले बताउनु भयो । कोरोना एन्टीबडी पोजेटिभ देखिएका तिनै जनालाई हिँजै साँझ दमक अस्पतालको आईसोलेसन वार्डमा ल्याएर राखिएको छ ।
¥यापिड डाइग्नोष्टिक टेष्टमा पोजेटिभ देखिएपनि पिसिआरको रिपोर्ट आउन बाँकी रहेकोले नआत्तीन नगरपालिकाले आग्रह गरेको छ । आरडिटि मा पोजेटिभ देखिएका ती ब्यक्तिको स्वाब परीक्षणका लागि धरानस्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको छ
दमक ३ जनता चोक घर भएका ती परिवारको घर सिल गरिएको र आसपासका घरबाट कसैलाई पनि बाहिर निस्कन नदिइएको दमक नगरपालिका वडा नं ३ का वडाअध्यक्ष नबिन बरालले जानकारी दिनुभयो । सो क्षेत्र पूर्ण रुपमा सिल गरिएको छ । संक्रमित क्षेत्रमा शशस्त्र प्रहरी, नेपाल प्रहरी र नगर प्रहरी परिचालन गरिएको वडाअध्यक्ष बरालले बताउनु भयो । विषेश गरि भुटानी शरणार्थी शिविर समेत यहि वडामा रहेकाले संक्रणको जोखिम झन बढ्न सक्ने भन्दै शिबिरमा आउन र जान पूर्ण रुपमा निषेध गरिएको छ । उप प्रमुख अधिकारीले वडामा थप सुरक्षा कडाई गर्न शिबिरमा रहेको शशस्त्र प्रहरीको बीट र इलाका प्रहरी कार्यालयलाई निर्देशन दिइ सकेको बताउनु भयो ।
दमकका बिभिन्न क्वारेन्टाइनमा ४१ जना रहेका छन । जसमा अहिले सम्म कसैमा पनि आरडिटि पोजेटिभ आएको थिएन । क्वारेन्टाइनमा बसेका सबैको स्वास्थ्य अबस्था सामान्य जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here