दमक नगरपालीकाले वितरण गरेको राहतमा बिबाद , सबै नागरिकको अभिभावक बन्न कांग्रेसको आग्रह

0
926

चैत २३
जारी लकडाउनको समयमा दैनिक ज्यालादारी गरेर जिवन निर्वाह गर्नेलाई दमक नगरपालीकाले बितरण गरेको राहतमा बिभेद भएको गुनासो आएको छ । नगरपालीकाले स्थापना गरेको कोषबाट नगरबासीहरुलाई राहत बाँडिरहेको छ । तर आप््mना कार्यकर्ता र आफन्तलाई मात्रै राहत बाँढेको भन्दै गुनासो बढेको हो ।
दमक वडा नम्बर १ मा टोल बिकाश समितिले शिफारिस गरेका बिपन्नहरुको नाम कटौती गरेर केहिलाई मात्रै बाँड्न खोजेको भन्दै ३ वटा टोलबासीहरुले नगरपालीकाले दिएको राहत बहिस्कार गरेका छन् । टोल बिकाश समितिले शिफारिस गरेका सबैलाई राहत दिए मात्रै आफुहरुले लिने भन्दै उनिहरुले राहत बहिस्कार गरेका हुन ।
सोहि वडा निवासी कांग्रेस महाधिवेसन प्रतिनिधि घनेन्द्रराज योङयाले पनि राहत बितरण प्रक्रिया पारदर्शि नभएको आरोप लगाउनु भयो । नगरपालीकाले एकद्वार प्रणालीबाट राहत बाँड्ने भनेकोले आफुहरुले पनि सबै नागरिकको अभिभावक नगरपालीका बन्नेछ भन्ने विस्वासले एकमुष्ट रकम नगरपालीकालाई बुझाएको उहाँले बताउनु भयो । टोलले सिफारिस गरेका नामहरु कटौतिको कुनै आधारनै नभएको भन्दै उहाँले दिनेभए बिपन्न सबैलाई राहत दिन नभए आफुहरुलाई राहत बाँड् अनुमति दिन नगरपालीका संग माग गरिएको बताउनु भयो । नगरपालीकाले अनुमति दिए आफुहरुले कसैलाई पनि भोकै हुन नदिने बताउनु भयो ।
राहत वितरणका लागी बिपन्न परिवार छनौट गर्न वडामा समिति बनाईए पनि समितिसंग सल्लाहनै नगरी वडा अध्यक्षले आप्mना कार्यकर्ता परिचालन गरेर नाम छनौट गरी राहत वितरण गरेको दमक ४ का नेपाली कांग्रेस वडा छायाँ समिति सम्योजक राजेन्द्र भट्टराईले आरोप लगाउनु भयो । वडा भित्र रहेका १० वटा टोल बिकाश समिति संग कुनै समन्वयनै नगरी बिपन्न भनेर आप्mना कार्यकर्तालाई मात्रै राहत बाँडेको भन्दै उहाँले वडा भित्रका वास्तविक बिपन्नहरु भोकै रहेको बताउनु भयो ।
उता दमक नगरपालीकाकी उप प्रमुख तथा प्रवक्ता गिता अधिकारीले टोल बिकाश समितिले शिफारिस गरेका नाम अनुसारनै राहत वितरण भैरहेको बताउनु भयो । प्रारम्भिक चरणमा सिफारिस भएकाहरुलाई पुन वडाको राहत वितरण समिति र टोल बिकाश समिति संग बसि छलफल गरेरनै नाम छनौट गरिएको उहाँले बताउनु भयो ।
उप प्रमुखले सो दाबी गरे पनि दमक ९ पुर्वेली टोलका अध्यक्ष उमानाथ न्यौपानेले भने आफुहरुले २७ जनाको नाम शिफारिस गरेर पठाएको मा ५ जनाले मात्रै राहत पाएको बताउनु भयो । २२ जना बिपन्नको नाम के आधारमा सुचिबाट काटियो आफुलाई थाहा नभएको उहाँले बताउनु भयो । टोलका घर घरमा पुगेर उनिहरुको भण्डार र कोठा समेतको अनुगमन गरी बिपन्नहरुको नाम संकलन गरिएकोमा अहिले ५ जनाले मात्रै राहत पाएकोले आफु अप्mठ्यारोमा परेको उहाँले बताउनु भयो । २२ जनाका परिवार आएर ‘अस्ति नाम टिप्नु भएको थियो तर हामि राहत नपाएर भोकै बस्नु प¥यो’ भन्दै आप्mनो घरमा आउने गरेको उहाँले गुनासो गर्नु भयो ।
कांग्रेस नगर सभापती रोशन बिष्टले पनि धेरै वडा बाट राहत बितरण पारदर्शि नभएको भन्दै गुनासो आएको भन्दै यसमा पार्टिको ध्यानाकर्षण भएको बताउनु भयो । हिँजो एउटा पार्टिबाट उम्मेद्वार बनेर चुनाव जितेको भए पनि अहिले जनप्रतिनिधिहरु सबैको अभिभावक भएको भन्दै यस्तो बिपदको बेला राहत बितरण गर्दा हिँजो आफुलाई भोट दिएको र अर्कोलाई भोट दिएको भनेर बिभेद नगर्न नगरपालीकालाई ध्यानकर्षण गराईएको उहाँले बताउनु भयो ।
नगर उप प्रमुख तथा प्रवक्ता अधिकारीले नगरपालीकाले आज सबै वडामा राहत बितरण गरिसक्ने र बाँकी छुटेकलाई वडाले समन्वय गरी वितरण गर्ने बताउनु भयो । कुनै नगरबासी पनि भोकै बस्ने अवस्था नआउने भन्दै उहाँले वडालाईनै सबै अधिकार दिएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here