प्रदेश सांसद बानियाँको पहलमा क्वारेन्टाईनमा खाद्यान्न लगायतका सामाग्रि जुटाईयो

0
448

दमक चैत २१
झापाको भद्रपुर नगरपालिका वडा नम्बर २ स्थित किच्चकबध मा बनाईएको अस्थाई क्वारेन्टाईनमा रहेका १८ मजदुरलाई प्रदेशसभा सदस्य बसन्त बानियाँको पहलमा खाद्यान्न तथा अन्य सामाग्रिहरु वितरण गरिएको छ । अस्थाई क्वारेन्टाइन अनुगमनको क्रममा व्यवस्थापन कमजोर रहेको र त्यहाँ रहेका मजदुरको अवस्था समेत कष्टकर रहेकोले प्रदेशसभा सदस्य बानियाँले स्थानिय व्यवसायी तथा सामाजिक व्यक्तित्वहरुको सहयोगमा बिभिन्न सामाग्रिहरु उपलब्ध गराउनु भएको छ ।
क्वारेन्टाईनमा २०० किलो चामल, २० किलो आलु, ५ किलो दाल, १० लिटर खाने तेल, ५ किलो प्याजका साथै झुल, तन्दा, म्याट, साबुन लगायत अन्य खाजाको लागी चना, मुरई, लगायतका समाग्रि बितरण गरिएको हो ।
भद्रपुर नगरपालीका उप प्रमुख चन्द्रा श्रेष्ठ र कचनकवलका व्यवसायी रोहित खतिवडा, कमल घिमिरे, डिल्लीराम घिमिरे लगायतका सहयोगमा उक्त सामाग्रि उपलब्ध गराईएको प्रदेश सांसद बानियाँले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here