कर्णाली सहकारीले झापाका बिपन्न समुदायलाई ८ लाख रुपैयाँको रहत बाँड्ने

0
906

दमक चैत १९/
झापाको बिर्तामोडमा केन्द्रिय कार्यालय रहेको कर्णाली सहकारी संस्थाले लक डाउनको समयमा दैनिक ज्यालामा काम गरी जिवन गुजारा गर्ने समुदायको लागी ८ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । जिल्लाका सबै स्थानियतह संग समन्वय गरी एकद्वार प्रणालि अन्तर्गत सो रकम उपलब्ध गराउने निर्णय गरिएको कर्णाली सहकारीका अध्यक्ष टस बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
सहकारी सन्चालक समितिको आकस्मिक बैठक बसि सो राहत रकम उपलब्ध गराईएको निर्णय गरिएको उहाँले बताउनु भयो । सबै स्थानिय तहहरु संग समन्वय गरी एकद्वार प्रणाली मार्पmत रकम उपलब्ध गराईने अध्यक्ष श्रेष्ठले बताउनु भयो । त्यसैगरी झापा बिर्तामोड ८ स्थित गरामनी प्रहरी चौकीलाई प्रहरीले प्रयोग गर्ने स्वास्थ्य सामाग्रि समेत उपलब्ध गराउने निर्णय गरिएको उहाँले बताउनु भयो । राष्ट्र सेवक प्रहरीहरु दैनिक डिउटीमा खटिनु पर्ने भएकोले कोरोनाको जोखिमबाट बच्न का लागी प्रयोग गरिने स्वास्थ्य सामाग्रि उपलब्ध गराईने कर्णाली सहकारीका अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here