कर्णाली सहकारीद्वारा राहत वितरण

0
866

दमक चैत १८/
झापाको बिर्तामोडमा केन्द्रिय कायालय रहेको कर्णाली वचत तथा ऋण सहकारी संस्थाको दमक शाखाले दमक नगरपालीकाले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम कोषमा ५० हजार रुपैयाँ मुल्य बराबरका खाद्यान्नका सामाग्रिहरु उपलब्ध गराएको छ । सहकारीको दमक शाखा सम्योजक केशब दाहाल सहितको टोली आज नगरपालीका पुगेर उक्त सामाग्रि हस्तान्तरण गरेको हो ।
कोरोना संक्रमण नियन्त्रणका लागी सरकारले गरेको लक डाउनका कारण विपन्न परिवार दैनिक गुजारा गर्ननै समस्या रहेकोले उनिहरुको लागी खाद्यान्नका सामाग्रि उपलब्ध गराईएको कणाली सहकारीका शाखा सम्योजक दाहालले बताउनु भयो । राहतलाई नगरपालीकाले एकद्वार प्रणालि अन्तर्गत वितरण गर्ने भएकोले नगरपालीकाको कोषमा जम्मा गरिएको उहाँले बताउनु भयो ।
सहकारीले उपलब्ध गराएको रहत ग्रहण गर्दै नगर उप प्रमुख गिता अधिकारीले बिपदको सामना गर्न सबै पक्षको सहकार्य आवस्यक रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here