कचनकवल ७ बालुबाडीमा राहत वितरण

0
630

दमक चैत १८/
झापाको कचनकवल गाउपालिका वडा नं ७ का बिपन्न परिवारलाई राहत वितरण गर्नु का साथै बिदेशबाट आएका व्यक्तिलाई घरमै क्वरेन्टाईनमा बस्न आग्रह सहित मास्क र हात धुने सावुन बितरण गरिएको छ । वडा नम्बर ७ बालुबाडीस्थित सितागुडीका १ सय ८७ बिपन्न परिवारलाई प्रति परिवार ५ किलो चामल, मास्क र हात धुने सावुन वितरण गरिएको बिपद व्यवस्थापन समिति सदस्य मित्रप्रसाद भट्टराईले जानकारी दिनुभयो । समिति अध्यक्ष हरिष्चन्द्र राजबंशीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य बसन्त बानियाँले आप्mनो तर्पmबाट प्रति परिवार ५ सय रुपैयाँ राहत समेत उपलब्ध गराउनु भएको थियो ।
आदिवासी समुदायको बाहुल्यता रहेको बस्तिमा दैनिक काम गरेर परिवार पाल्नेहरु धेरै रहेकोले लक डाउनका समयमा राहत वितरण गरिएको प्रदेशसभा दसस्य बानियाँले बताउनु भयो । त्यसैगरी सो ठाउँमा पछिल्लो समय भारत लगायत तेस्रो मुलुकबाट आएकाहरुलाई घरमै सुरक्षित रुपमा क्वारेन्टाईनमा बस्न आग्रह समेत गरिएको वडा अध्यक्ष भरत राजबंशीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here