हल बन्द गर्ने सरकारको निर्णयलाई प्रदेश नम्बर १ का हल सञ्चालकको समर्थन

0
572

चैत ५
कोरोना भाईरसको संक्रमण नियन्त्रण गर्न भन्दै सरकारले चलचित्र भवनहरु बन्द गराउने निर्णयको प्रदेश नम्बर १ का हल सञ्चालकहरुले समर्थन गरेका छन् । विश्वभरिनै स्वाथ्य आतंक मच्चाई रहेको कोरोना भाईरस नियन्त्रणको लागी सरकारले आज बढि मानिसहरु भेला हुने ठाउँलाई बन्देज लगाउँदै चलचित्र भवनहरु बन्द गर्ने निर्णय गरेको थियो । त्यस लगत्तै नेपाल चलचित्र संघ प्रदेश नम्बर १ ले सरकारको निर्णयलाई समर्थन गर्दै आजै बाट आफु मातहतका हलहरु बन्द गर्ने निर्णय गरेको चलचित्र संघ प्रदेश नम्बर १ का सभापती चैतन्य बरालले जानकारी दिनुभयो ।
सबै हल सञ्चालकहरुको छलफल पछि आज बसेको आकस्मिक बैठकले राष्ट्रिय बिपदको अवस्थामा व्यवसाय भन्दा ठुलो कुरो जिवन रक्षा भएको भन्दै प्रदेश भित्रका सम्पुर्ण हल सञ्चालकहरुलाई आजै बाट हल बन्द गर्न आग्रह गरिएको उहाँले बताउनु भयो । अर्को सुचना जारी नभए सम्मका लागी सम्पुर्ण हलहरु बन्द भैसकेको बरालले बताउनु भयो । हल पुर्ण रुपमा बन्द गर्दा ब्यबसायी ठुलो मारमा परेको भए पनि बिपदका बेला जोखिमपुर्ण निर्णय गरिएको उहाँले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here