युरोपा लिगमा म्यान्चेष्टर युनाइटेडको शानदार जीत

0
559
तस्वीरः इपीए

३० फागुन, एजेन्सी । म्यान्चेष्टर युनाईटेडले युरोपा लिग फुटबलको अन्तिम १६ को पहिलो लेग खेलमा शानदार जीत निकालेको छ ।

बिहिबार रातिको खेलमा युनाईटेडले अष्ट्रियाको लास्कमाथि ५–० को जीत निकालेको हो । ओडियन इल्लूको गोलसंगै युनाईटेडले २८ औं मिनेटमा खेलमा अग्रता बनाएको थियो ।

जेम्सले ५९ औ मिनेटमा युनाईटेडका लागि दोस्रो गोल गरे । त्यस्तै, माटा, मासन ग्रिनउड र एन्ड्रिास परेराले गोल गर्दै युनाईटेडलाई शानदार जित दिलाए ।

युरोपियन प्रतिस्पर्धामा युनाईटेडले अष्ट्रियाको क्लबबिरुद्वको खेल गुमाउनु परेको छैन । पहिलो लेगमा बिजयी भएसँगै युनाईटेड अन्तिम ८ मा स्थान बनाउने सम्भावना बलियो भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here