इन्टरनेट स्लो भयो ? अब आफैंले बढाउन सक्नुहुन्छ स्पिड

0
1222

३० फागुन, काठमाडौं । इन्टरनेटले काम नगरेर हिजोआज मानिसहरु अत्यन्तै सास्ती खेपिरहेका छन् ।

पैसा तिरे अनुसारको सेवा नपाएपछि आमप्रयोगकर्ता इन्टरनेट प्रोवाइडरसँग बिच्किने पनि गरेका छन् । वाईफाईको स्पीडबाट समस्या भईरहेको छ भने केहि सजिलो किसिमले तपाईँआफैंले त्यसको स्पीड बढाउन सक्नुहुनेछ ।

केही यस्ता तरिका छन जसले तपाईँको पुरानो वाईफाई राउटर परिवर्तन नगरिकन नै यसको स्पीडलाई दोब्बरसम्म बढाउन सकिन्छ ।

राउटरलाई अग्लो स्थानमा राख्ने

तपाईँको वाईफाईको राउटर कुन स्थानमा छ त्यसले स्पीडमा असर पर्दछ । यस्तोमा तपाईँले राउटर कस्तो ठाउँमा राख्नुभएको छ भन्ने विचार गर्नुहोस् ।

यदि तपाईँले राउटरलाई भुईँमा राखनुभएको छ भने त्यसको वाईफाई सिग्नल तपाईँको डिभाइसमा पुग्न सक्दैन् ।

त्यसैले वाईफाई राउटरलाई सकेसम्म अग्लो स्थानमा राख्नुहोस् जसले डिभाइसमा पुरा सिग्नल आउँछ ।

राउटरको क्षमता निश्चित गर्ने

हरेक वाईफाई राउटरमा क्षमताको निश्चित सीमा तोकिएको हुन्छ । सो राउटरको एरिया कभरेज निश्चित हुन्छ ।

राउटरको क्षमता र गुणस्तरअनुसार त्यसको रेन्ज तोकिएको हुन्छ । उदाहरणका लागि कुनै राउटरले ५०० मिटरसम्मको एरिया कभरेज गर्छ भने कुनैले २० मिटरसम्मको मात्रै ।

त्यसैले तपाईँको वाईफाई राउटरले कति दूरीसम्म सिग्नल दिन्छ भन्ने जानकारी राख्नुहोस् । यस्तो जानकारी वाईफाई राउटरको कभरमा वा त्यो डिभाइसको पछाडिपट्टी लेखिएको हुन्छ।

राउटरको वरिपरी मेटल नराख्ने

वाईफाई राउटरको अवस्था र राखेको स्थान ठीक भएपनि कहिलेकाँही त्यसमा अवरोध हुन्छ।

वाईफाई सिंग्नलको सबैभन्दा ठूलो शत्रु भनेको कंक्रीट र मेटल हो । वाईफाईको वरिपरी सकेसम्म मेटलका सामग्रीहरु नराख्नुहोस् ।

त्यसैगरि अन्य इलेक्ट्रोनिक्स उपकरणहरु पनि छेउछाउमा नराख्नुहोस् । त्यस्तै कंक्रिट पर्खाल तथा भित्ताहरुले पनि वाईफाईको सिंग्नल रोक्ने हुँदा त्यस्तो स्थानमा सकेसम्म राउटर नराख्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here