फागुन २९/
दमक वडा नम्बर ६ मा रहेको एड्भान्स मल्टिस्पेयलिस्ट हस्पिटलमा पछिल्लो समय जटिल प्रकृतिका बिरामीहरुको समेत उपचार हुन थालेको छ । दक्ष चिकित्सकहरुबाट उपचार गरिंदै आएको एड्भान्समा अत्याधुनिक प्रबिधिका उपकरणहरु ल्याएपछि जटिल प्रकारका बिरामीहरुको पनि सहज उपचार हुन थालेको हो ।
केहि समय अघि ईलाम जिल्लाको माङसेबुङ निवासी बिन्दामायाँ राईको भाँचिएको मेरुदण्ड बिना चिरफार जोडिएको अस्पतालमा फेरी झापा गौरादहका ७६ बर्षिय लोमनाथ दाहालको फुटेको आन्द्रा जोडिएको छ । दाहालको अल्सर भएर फुटेको आन्द्रालाई एड्भान्स अस्पतालका ईण्डोस्कोपी तथा कोलोनोस्कोपी बिशेषज्ञ बरिष्ठ सर्जन डा. रविनरत्न रञ्जितकारले बिना चिरफार प्वाल पारेर जोडि दिनु भएको हो । बुढ्यौली उमेर र यस अघिनै मुटुको भल्ब परिवर्तन गरिसक्नु भएका दाहलको फुटेको आन्द्रा जोड्न एकदमै जोखिम पुर्ण भएको भए पनि सहज रुपमा उपचार गरिएको डा. रञ्जितकारले बताउनु भयो । ल्याप्रोस्कोपि बिधिबाट दमकमै पहिलो पल्ट यस किसिमको जटिल सल्यक्रिया सफल गरिएको उहाँले बताउनु भयो । एड्भान्समा भएको अत्याधुनिक प्रबिधि र आप्mनो अनुभवको आधारमा कुनै दाबाब बिनानै अप्रेसन सफल पारिएको डा. रञ्जितकारले बताउनु भयो ।
घरबारीमा समान्य काम गरिरहेका बेला अचानक पेट दुखेर समस्या आएको र एकैछिनमा दुखाई बढ्दै जाँदा बाँच्नै गाह्रो होल भन्ने अवस्थामा अस्पताल आएको तर सहजै उपचार भएको बिरामी दाहालले बताउनु भयो । अप्रेसन गरेको दुई दिन पछिनै निको भएर डिस्चार्ज हुन पाउँदा खुशी लागेको उहाँले बताउनु भयो ।
एड्भान्स अस्पतालमा अत्याधुनिक उपकरण र दक्ष चिकित्सकहरुको व्यवस्था भएकोले पछिल्लो समय जटिल प्रकृतिका बिरामीहरुको पनि उपचार गरिंदै आएको अस्पतालका सञ्चालक चैतन्य बरालले बताउनु भयो ।