एसीसी इस्टर्न टी – ट्वान्टी कप : मलेसियासँग नेपाल पराजित

0
496

१७ फागुन, काठमाडौं । थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टी–ट्वान्टी कप क्रिकेटमा नेपालको सुरुवात निराशाजनक भएको छ ।

पहिलो खेलमा नेपाल मलेशियासँग २२ रनले पराजित भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको मलेशियाले दिएको १५५ रनको लक्ष्य पछ्याएको नेपाल खेल सकिन एक बल अगावै सबै विकेट गुमाउँदै केबल १ सय ३२ रनमा समेटियो ।

नेपालका लागि ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीले समान ३८ रन बनाए । खेलमा पवन सर्राफले १९ रन जोड्नुबाहेक अरु नेपाली ब्याट्समेनले दोहोरो अंकमा रन समेत जोड्न सकेनन् ।

यसअघि थाइल्याण्डको टेर्डथाई क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गर्दै मलेशियाले १५४ रन जोडेको थियो । मलेसियाका लागि सयद अजिज सयद मुबारकले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।

नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । यससँगै सन्दीपले टी–ट्वान्टीमा १०० विकेट लिने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाएका छन् । उनले टी–ट्वान्टीमा १ सय २ विकेट पुरा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here