एजेन्सी । फेसबुक तथा इन्स्टाग्रामले यौनको सूचक भएको भन्दै फेसबुक र इन्स्टाग्रामले भान्टा अर्थात् एगप्लान्ट र आरुको इमोजी प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
नयाँ मापदण्ड अनुसार फेसबुक र इन्स्टाग्रामले सामान्य रुपमा प्रयोग गरिने यौनिक सूचक चित्रित हुने इमोजी स्ट्रिग्समाथि प्रतिबन्ध लगाएको हो ।
पोर्न विरोधी नीतिलाई मजबुत गर्ने क्रममा यस्ता इमोजीमाथि प्रतिबन्ध लगाइएको जनाइएको छ ।