एमसीसी जारी अधिवेशनबाटै पारित हुने प्रधानमन्त्री ओलीको दावी

0
540

२१ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँग भएको सम्झौता संसदको जारी अधिवेशनबाटै पारित गराइने दावी गरेका छन ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पादहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले एमसीसीका विषयमा जनमानसमा फैलाइएको भ्रमलाई चिर्दै चालु अधिवेशनबाटै संसरबाट पारित गराइने दावी गरेका हुन् ।

प्रेस स्वतन्त्रमा कुनै बन्देज नहुने दोहोर्‍याउँदै प्रधानमन्त्री ओलीले मनोबल गिराउने गरी समाचार प्रकाशन, प्रसारण तथा सम्प्रेषण नगर्न समेत आग्रह  गरेका छन ।

प्रधानमन्त्री ओलीले मानव अधिकारको सुरक्षाका लागि सरकार दत्तचित्त भएर लागेको समेत जनाएका छन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here