सन्देश मुलक डकुमेन्ट्री चलचित्र कखरा दमकमा प्रदर्शन

0
1142

मंशिर ८/
दण्डरहित शिक्षा कार्यान्वयनमा जोड दिन शिक्षक, अभिभावक र विधार्थी स्वयम्को भूमिका के हुनु पर्छ भन्ने सन्देश दिने डकुमेन्ट्री फिल्म कखरा आज दमकको पाथिभरा हलमा पर्दशन भएको छ । पत्रकारहरुको समूह मिलेर रिसर्चबाट निर्माण गरिएको फिल्मले शिक्षामा सकरात्मक परिवर्तनमा सहयोग पुग्ने फिल्मका लेखक तथा निर्देशक पत्रकार डिकेश लामाले बताउनु भयो ।
कमल गाउँपालिकाको फोनिक्स, लालिमा, पाथिभरा, वण्डर ल्याण्ड र निहारिका स्कूलका ६ सय विधार्थी, अभिभावक, शिक्षकले फिल्म हेरेका छन् । फिल्म हेरेर विधार्थी तथा शिक्षकले राम्रो सन्देश दिने र सवैले एक पटक हेर्नु पर्ने फिल्म भएको प्रतिकृया दिएका छन् ।
३ बर्ष अघि पत्रकारहरुको टीमले शिक्षा विभागको सहयोगमा निर्माण गरेर बनाइएको फिल्म अहिले पूर्वी नेपालको इटहरी, इनरुवा र झापामा प्रदर्शन गर्न थालिएको फिल्म युनिटले जानकारी दिएको छ ।
फिल्ममा राजेश हमाल, गिनिजबुक अफ द रेकर्डमा कलिला उमेरक निर्देशकमा नाम लेखाउन सफल सौगात विष्ट, भुपेन चन्द, गजित विष्ट, सौजन्य सुब्बा, पत्रकार श्रीकृष्ण न्यौपाने लगायतको मुख्य भूमिका रहेको छ । वास्तविक घटनामा निर्माण गरिएको कखरा डकुमेन्ट्री यो महिनाभर झापाका विभिन्न विद्यालयमा दमकमा रहेको हाम्रो बाल आश्रमका बालबालिकाको सहयोगार्थ संचालनको तयारी समेत थालिएको आश्रमका अध्यक्ष प्रकाश थापाले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here