दमक चुलाचुली जोड्ने रतुवाखोलको निर्माणाधिन पुल नजिकैको खाल्डोमा डुवेर दुई बालकको मृत्यु

0
618

मंशिर ७/
झापा दमक हुदै चुलाचुली इलाम जोडने रतुवा खोलामा निर्माण हुदै गरेको पुल नजिकै जे सि बि ले खनेको खाडलमा पौडी खेल्दा आज दिउँसो दुई बालक को मृत्यु भएको छ ।
दमक १ स्थित निर्माणाधिन रतुवा खोलाको पुल नजिकको खोलामा डुवेर दमक १ का ९ बर्षिय आयुस पुर्कुटी र पाँचथर जिल्ला फाल्गुनन्द गाँउपालिका ५ घर भई हाल दमक १ बस्दैआएका १२ बर्षिय निश्चल चेम्जोङको ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक विजय राज पण्डितले जानकारी दिनुभयो ।
उहाँका अनुसार पुल निर्माणका क्रममा खोला भित्र इस्काभेटरले खनेको दहमा पौडी खेल्दाँ दुवै वालकको घटनास्थलमा मृत्युभएको हो । वालक साथीहरुसंग पौडी खेल्न गएका प्रहरीको भनाई छ । दुवै बालकको शबलाई पोष्टमार्टमको लागी मोरङको उर्लाबारीस्थित मंगलबारे स्वास्थ्य केन्द्रमा राखिएको र घटनाको सम्बन्धमा थप अनुसन्धान शुरु गरिएको प्रहरी नायव उपरिक्षक पण्डितले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here