दमक अस्पतालमा नयाँ संरचनाबाट सेवा सुरु

0
546

मंशिर ८/
दमकस्थित एकमात्र सरकारी अस्पताल दमक अस्पतालमा नयाँ संरचनाहरुबाट सेवा शुरु भएको छ । काउण्टर, प्रयोगशाला, फार्मेसी तथा बहिरंग सेवाका काउण्टर नयाँ भौतिक संरचनाबाट एकैसाथ सञ्चालनमा ल्याईएको हो ।
प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट प्राप्त २६ लाख रुपैयाँको लागतमा ती संरचनाहरु निर्माण गरिएको अस्पतालले जनाएको छ । आज अस्पतालमा आयोजित कार्यक्रममा झापा क्षेत्र नं.५ ख का प्रदेश सभा सदस्य अर्जुन राई र नगरप्रमुख रोमनाथ ओलीले नयाँ भवनहरुको संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
अस्पताल सञ्चालक समिति अध्यक्ष तथा नगर उपप्रमुख गीता अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा अस्पतालका निमित्त सुपरिटेण्डेन्ट डाक्टर तपनकुमार साहले अस्पतालमा क्रमिक रुपमा भौतिक पूर्वाधारहरुको विकास भई रहेको र अव थप जनशक्तिको आवश्यकता रहेको बताउनुभयो । हाल अस्पतालमा दैनिक ३ सय देखि ५ सय जना सम्म बिरामीले सेवा लिने गरेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाँई लगायतले अस्पतालको सेवाका बारेमा बोल्नुभएको थियो ।
यस अघि टिकट काउण्टर व्यवस्थीत नहुँदा नागरिकहरु चर्को घाम र पानीमा बाहिरै उभिएर सेवा लिन बाध्य हुँदै आएका थिए । नया भवनमा ट्रष्ट सहितको व्यवस्थीत काउण्टर सुरु गरिएको दमक नगरपालीकाका स्वास्थ्य अधिक्रित नगेन्द्र भट्टराईले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here