दमक सांस्कृतिक साँझको तयारी तिव्र

0
579

मंशिर ३/
दमकमा स्थापना गर्न लागिएको प्रदेश नम्बर १ स्तरिय अपाङ्गता पुनः स्थापना केन्द्रको प्रचारत्मक कामको लागी आयोजना गरिएको दमक सांस्कृतिक साँझको तयारी तिब्र पारिएको छ । २८ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर आगामी मंशिर १७ गते आयोजना गरिने दमक सांस्कृतिक साँझको तयारी तिव्र पारिएको आयोजक दमक अपाङ्ग सहयोग समितिले आज पत्रकार सम्मेलन गरेर जनाएको छ । चर्चित राष्ट्रिय कलाकारहरुको उपस्थितीमा आगामी १७ गते अपरान्ह ३ बजे देखी दमक साँस्कृतिक साँझ गर्न लागिएको समितिका अध्यक्ष खगेन्द्र बहादुर भट्टराईले जानकारी दिनुभयो । दमकमा बनाउन लागीएको प्रदेश स्तरिय अपाङ्गता पुनः स्थापना केन्द्र को प्रचारात्मक कार्यक्रमको लागी उक्त कार्यक्रम गर्न लागिएको उहाँले बताउनु भयो । सो दिन बिहान ११ बजे झापा जिल्ला भर रहेका अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुको सहभागीतामा ¥याली सहित दमक नगर परिक्रमा गरी दमक ६ मा रहेको पञ्चायत रजत स्तम्भ परिषरमा दिउँसो १ बजे देखी अन्तत्र्रिmया कार्यक्रम गरिने र सोहि ठाउँमा अपरान्ह ३ बजे देखी चर्चित कलाकारहरुको साथमा सांगितिक कार्यक्रम हुने समितिका सचिव मदन बोहराले जानकारी दिनुभयो ।
निशुल्क आयोजना गरिने कार्यक्रममा चर्चित कलाकारहरु मनोज गजुरेल, शम्भु राई, राजा राजेन्द्र, टंक बुढाथोकी, अशोक दर्जी लगायतको प्रस्तुती रहने उहाँले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here