दमकको लाईफलाईन अस्पतालबाटै बिभिन्नसेवाको विल भुक्तानि गर्न सकिने

0
536

मंशिर १/
दमकको लाईफलाईन अस्पतालमा रिचार्ज तथा बिभिन्नसेवाको विल भुक्तानिको लागी कियोक्स मेसिन जडान गरिएको छ । प्रभु ग्रुपको सहकार्यमा नागरिकहरुको सहजताको लागी मेसिन जडान गरिएको अस्पतालका सञ्चालक राजकुमार भट्टराईले जानकारी दिनुभयो । अस्पतालमा बिरामी लिएर आउनेहरुलाई बिजुलीको बिल भुक्तानी, मोबायल रिचार्ज, लगायतका कामको लागी अन्यत्र जान नपरोस भनेर यो सेवा सञ्चालन गरिएको हो । अस्पतालको काउन्टर छेउमा राखिएको कियोक्स मेसिनबाट बिजुलीको बिल भुक्तानी, मोबायल रिचार्ज, हवाई टिकट, डिस होम रिचार्ज, ईन्टरनेटको बिल भुक्तानी, ईन्सुरेन्सको रकम भुक्तानी लगायतका सेवा पाउन सकिने उहाँले बताउनु भयो । आफुले तिरेको रकमको बिल मेसिन बाट तत्कालै पाउन सकिने भएकोले यो सेवा विश्वसनिय हुने पनि सञ्चालक भट्टराईले जानकारी दिनुभयो ।
अस्पतालमा बिरामी लिएर जाँदा अन्य काम पनि त्यहिँ बाट पाउँदा खुशी भएको दमक ५ का दिपिन भट्टराईले बताउनु भयो । कुरा गर्दा गर्दै मोवायलमा व्यालेन्स सकिएकोले समस्या भैरहेका बेला त्यहि मेसिन बाट मोवायलमा व्यालेन्स ट्रान्सफर गरेको उहाँले सुनाउनु भयो ।
बिरामी कुरुवा मात्रै नभएर अन्य सर्वसाधारणले पनि यो मेसिन बाट सेवा लिन सकिने उहाँले बताउनु भयो । यो सेवा लिँदा अन्य कुनै रकम भने तिर्नु नपर्ने अस्पतालका सञ्चालक भट्टराईले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here