दमकमा २५ तले ‘भ्यु–टावर’ को निर्माण सुरु , टावरको सट्टा सुबिधा सम्पन्न अस्ताल बनाउन नगरबासीको माग

0
807

कात्तिक २७
दमकमा निर्माण गरिने २५ तले ‘भ्यु–टावर’ को निर्माण कार्य सुरु भएको छ । संघीय सरकारअन्तर्गतको सघन सहरी विकास तथा भवन आयोजना कार्यालयले १ अर्ब ५४ करोड १४ लाख ३९ हजार १ सय ६४ रुपैयाँमा ठेक्का लगाएर दमक नगरपालिका–३ दापगाछीमा टावर निर्माण अघि बढाएको हो ।
०७६ असार २७ मा भएको ठेक्का सम्झौताअनुसार ०७८ पुस २७ मा निर्माण सक्नुपर्ने छ ।
तर भ्यु–टावर निर्माण सुरु भए पनि अधिकांश नगरवासी भने टावरको सट्टा दमकमा अरू नै आयोजना आवश्यक रहेको बताउने गरेका छन् ।
समाजवादी पार्टी प्रदेश १ अध्यक्षसमेत रहेका स्थानीय प्रवीन चाम्लिङले दमकमा भ्यु–टावर आवश्यक नभएको तर्क गर्नुभयो । भ्यु–टावर निर्माणबारे नगरवासीको फरक सुझाव सम्बन्धित निकायले नसुनेको उहाँको गुनासो छ । स्थानीय युवा पर्शुराम रिजालले पनि भ्यु–टावरको सट्टा दमकमा सुविधासम्पन्न अस्पतालकै आवश्यकता भएका बताउनु भयो । सरकारले दमकको प्राथमिकताभन्दा बाहिरको आयोजनामा ठूलो धनराशि खर्च गरिरहेको उहाँले टिप्पणी गर्नुभयो ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले पनि टावर बनाउनुको प्रयोजन आमनगरवासीलाई थाहा नभएको बताउनु भयो । ‘भ्यु–टावर कस्तो बन्छ ? कसले किन बनाउँदै गरेको हो ? नगरवासीलाई केही जानकारी नभएको उहाँले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here