झापाको शिवसताक्षिमा धार्मिक महोत्सव सुरु

0
561

कात्तिक २७
झापाको शिवसताक्षी नगरपालीकामा रहेको साताक्षिधाममा आज बाट धार्मिक महोत्सव सहित कोटीहोम सुरु भएको छ । नेपालमै पहिलोपटक गौरक्षाका लागि कोटीहोम लगाईएको बताइएको छ । धार्मिक महोत्सव सहितको कोटिहोमको आज एक कार्यक्रमका विच प्रदेश नम्बर १ का प्रमुख शेरधन राईले उद्घाटन गर्नु भयो । महोत्सवको सुभारम्भ गर्दै मुख्यमन्त्री राईले सामाजिक सद्भाव र एकताको लागी यस्ता महोत्सवहरु फलदायी हुने बताउनु भयो । सताक्षिधामको बिकाशको लागी प्रदेश सरकारले स्थानिय तह संग मिलेर योजना ल्याउने बताउनु भयो ।
जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोम पोर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा संघिय संसद सदस्य एल.पि. सावाँ, प्रदेशसभा सदस्य झलक सिंह दर्लामी लगायतले पनि बोल्नु भएको थियो ।
महाभारत इतिहाससँग जोडिएकोले यहाँ ऐतिहाँसिक महोत्सव लगाईएको सताक्षी धाममा रहेको गोलोक गोवद्र्धन गौशालाका संरक्षक एवं पीठाधीश नन्दकिशोर भारद्वाजले जानकारी दिनुभयो ।
आज बाट सुरु भएको श्रीसताक्षी अष्टोत्तरशत्कुण्डीय श्री गोपाल महायज्ञ (कोटीहोम) एवं श्रीमद् देवी भागवत कथा महोत्सव आगामी मंशिर ९ गते सम्म १३ दिन सम्म सञ्चालन हुने पीठाधीश भारद्वाजले बताउनु भयो । सडकमा यत्रतत्र रहेका, गाउँघरका स्थानीयले पालनपोषण गर्न नसकेका, रोगी तथा वृद्ध गाईको संरक्षण गर्न, गाईको महत्व र अर्थ बुझाउनका साथै सताक्षी धामको पर्यटन प्रवद्र्धनका लागि कोटीहोम आयोजना गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here