कांग्रेस बरिष्ठनेता रामचन्द्र पौडेल झापामा

0
811

कात्तिक २७
प्रदेश नम्बर १ का बिभिन्न कार्यक्रममा सहभागी हुन कांग्रेसका वरिष्ठ नेता एवम् पूर्व सभामुख रामचन्द्र पौडेल आज झापा आउनु भएको छ ।
नेता पौडेललाई दमक प्रवेशको क्रममा मावा पूलमा नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, झापा क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारीसहित पार्टी नेता कार्यकर्ताहरुले स्वागत गरेका थिए । त्यसपछि नेता पौडेलले दमक ६ र ७ को संगमस्थलमा केहि महिना अघि अनावरण गरिएको कविशिरोमणी लेखनाथ पौड्यालको शालिकमा फूलमाला अर्पण गर्नु भयो भने दमक ७ मा निर्माणाधिन पौड्याल वंशोद्धार केन्द्रिय समितिको भवन समेत निरिक्षण गर्नुभयो ।
उहाँलाई पौडेल वंश महासंघका केन्द्रिय अध्यक्ष लोकनाथ पौडेल, पौड्याल वंशोद्धार केन्द्रिय समितिका महासचिव युवराज पौडेल, पौड्याल वंशोद्धार केन्द्रिय समितिका पूर्व अध्यक्ष भिम पौडेल लगायतले स्वागत गर्दै निर्माणाधिन सो भवनका बारेमा जानकारी गराएका थिए । सोही अवसरमा महासंघका केन्द्रिय अध्यक्ष पौडेलद्धारा लिखित पुस्तक पनि हस्तान्तरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here